Sherpa Community Forum

Please login or register.

Login with username, password and session length
Advanced search  

News:

SMF - Just Installed!

Author Topic: युके शेर्पा किदुग समुदायबीच संरचना बनाउने पक्षमा ।  (Read 380 times)

sonam

  • Administrator
  • Newbie
  • *****
  • Posts: 7
    • View Profile
    • Email
युके शेर्पा किदुग समुदायबीच संरचना बनाउने पक्षमा ।

लण्डन/युके शेर्पा किदुगको पाँचौ कार्यसमितिको प्रथम बैठक किदुगका अध्यक्ष गोम्वा पिनासा शेर्पाको अध्यक्षतामा २१ मार्चमा सम्पन्न भएको छ । बैठकले विभिन्न प्रस्तावहरु माथि छलफल गरी शेर्पा समुदायबीच यूरोप संरचना बनाउने प्रस्तावलाई अनुमोदन गरेको छ । बैठकले वाषिर्क कार्यक्रम तालिका तय गर्नुका साथै हिमालयन साँस्कृतिक केन्द्र नेपाललाई गर्दै आएको सहयोगमा बृद्धि गरेको छ ।

किदुगको चौथो सम्मेलनको मुल नारा ' सम्पूर्ण शेर्पाहरुको चाहना, एकीकृत समाजको कल्पना' लाई र्सार्थक बनाउनका लागि सदाझैं ग्याल्पो लोसारको उपलक्ष्यमा आयोजना गर्ने कार्यक्रममा सबै समुदायको सहभागिता र अन्य समुदायद्वारा आयोजित कार्यक्रममा सहभागिताका लागि किदुगका सदस्यहरुलाई प्रोत्साहित गर्ने निर्णयगरिएको छ ।

किदुगले विगतदेखि छलफल गर्दै आएको शेर्पा समुदायबीच विश्व संरचना बनाउने बारेमा शेर्पा संघ, नेपालको समेत ध्यानाकर्षा गरिसकेको बताएको छ । बेल्जियममा गत मार्च ६ तारिख आयोजित ग्याल्पो लोसार कार्यक्रममा विभिन्न देशबाट आमन्त्रित अतिथिहरुबीच संरचना निर्माणमा प्रोत्साहित गर्ने र भविष्यमा विश्व संरचना निर्माण गर्ने महान उद्देश्य राखी हाल यूरोपका विभिन्न मुलुकमा रहेका शेर्पा समुदायबीच एक संयोजनकारी संरचना बनाउने सहमति भएअनुसार किदुगको बैठकले यस कामलाई अगाडि बढाउन अनुमोदन गरेको छ ।
यसरी गठन हुने संरचनाले विभिन्न मुलुकमा रहेका किदुग तथा प्रतिनिधिहरुबीच अझ नजिकको सम्वन्धलाई विस्तार गरी प्रवास यूरोपमा सांस्कृतिक संरक्षण, पर्यटन प्रवर्द्धन तथा कल्याणकारी कामको लागि संयूक्त रुपमा संयोजन गर्दा ठोस योगदान पुर्याउन महत्वपूर्ण भूमिका रहने जनाएको छ ।

बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व सम्माननीय पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको निधनले प्रजातन्त्रका एक कर्मठ नेतृत्व गुमाएको हुँदा यूके शेर्पा किदुगले ऐतिहासिक योद्धाको निधनमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरको छ । किदुगले शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।

सो बैठकले उपाध्यक्ष दावा सोनाम लामा संयोजक रहेको फाक्ङी आयोजक तथा सचिव चाद लामा शेर्पा, सांस्कृतिक सचिव कमन सिंह लामा शेर्पाले राख्नुभएको जिज्ञासामाथि छलफल भएको थियो भने सो बैठकको सञ्चालन किदुगका महासचिव रिन्जी शेर्पाले गर्नुभएको थियो ।
Logged