To promotions, preservations and protections of Sherpa history, language, literature, script, arts, religion and culture as well as to unite all Sherpa living, working, studying in Japan under one roof to exchange information about community, daily life, health with each other in real time and to be bridge for better relationship between Sherpas, Japanese and other Nepalese community and to lead and bring Sherpa in front of others community, Sherpa Association Japan (SAJ) was established in April 21,2002.
शेर्पा किंदुग युएईद्धारा पहिलो पटक शेर्पा ल्होसार साँझ भव्य रुपमा सम्पन्न
टोकियोमा २१३९ औं लप्सो सम्पन्न ।
चौथौ महादिवेशन बारे जरुरी सुचना
तामाङ समाज जापानलाई हार्दिक बधाई तथा शुभकामना
छेतेन अन्तर्राष्ट्रिय चिल्ड्रेन फ्यूचर अवार्डद्वारा सम्मानित
शेर्पा किंदुग युएईद्धारा पहिलो पटक शेर्पा ल्होसार साँझ भव्य रुपमा सम्पन्न
दुवई, फगुन २८ – गत मार्च १० तारिखका दिन युएईको वरदुवई स्थित इम्पेरियल स्वीट होटलमा एक कार्यक्रम आयोजना गरि शेर्पा किंदुग युएईद्धारा शेर्पाहरुको ल्होसार छु फो डुक्लो २१३९ को पहिलो शेर्पा ल्होसार साँझ भव्य रुपमा सम्पन्न गरेको छ। Continue . . . .
टोकियोमा २१३९ औं लप्सो सम्पन्न ।
टोकियो, फाल्गुन २२ – जापानको टोकियो स्थित हिमालयन मुन क्याफेमा शेर्पा संघ जापानले छुफो ड्रुक ल्हो २१३९ औं ग्याल्बो ल्होसार मनाएका छन्। कार्यक्रममा तमू धीं जापान, मगर सेवा समिती जापान, तामाङ समाज जापान एनआरएन कान्तोका प्रमुखहरु, नेपाली संस्कृतिकी सद्भावनादूत युको ओकामोतो मल्ल लगायत टोकियो तथा असपसका प्रान्तहरुमा बसोबास गर्ने शेर्पाहरु र अन्य नेपाली दाजु भाई दिदी बहिनीहरु अनि जापानी मित्रहरुको उपस्थिती रहेको थियो। Continue . . . .
चौथौ महादिवेशन बारे जरुरी सुचना
जापानवासी सम्पूर्ण शेर्पा दाज्यूभाई दिदीबहिनीहरु समक्ष २१३८ औं गेल्वु ल्होसारको शुभकामना तथा टाशी देलेक! यही आउने अप्रेल १५ तारिकमा अध्यक्ष श्री ङावाङ शेरे शेर्पाको नेतृत्वमा रहेको शेर्पा संघ जापानको कार्यसमितिले आफ्नो तीन बर्षे कार्यकाल पूरा गर्न गैरहेको कुरा त यहाँहरुलाई सबैलाई सर्व बितितै छ। गत फ्रेबुरी १३ तारिक आईतावर टोकियोस्थित तोगोसी गिन्जामा बसेको संघको बिशेष बैठकले आगामी मार्च १३ तारिकको दिन आफ्नो चौथौ महादिवेशन घोषणा गरेको ब्यहोरा सहर्स जानकारी गराउन चाहन्छु। Continue . . . .
तामाङ समाज जापानलाई हार्दिक बधाई तथा शुभकामना
जापान जस्तो ब्यस्त देशमा पनि आफ्नो अमुल्य समयलाई तामाङ जातिहरुको पहिचान, ईतिहास भाषा, संस्कृति, परम्परा र भेषभुषाको जगेर्ना तथा संरक्षण गर्न एकजुट भएका हाम्रा तामाङ बन्दुहरुको साझा संस्था तामाङ समाज जापानसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा आबद्ध तथा देश प्रदेशमा रहनु हुने सम्पूर्ण तामाङ बन्दुहरुलाई सोनाम ल्होसार २०११ हार्दिक मंगलमय शुभकामना। Continue . . . .
छेतेन अन्तर्राष्ट्रिय चिल्ड्रेन फ्यूचर अवार्डद्वारा सम्मानित
नेपाली विद्यार्थी छेतेन दोका शेर्पालाई युएन हृयाबिट्याटले १० औं अन्तर्राष्ट्रिय चिल्डे्रन फ्यूचर अवार्डबाट सम्मान गरेको छ। विश्व बसोबास दिवसका अवसरमा जापानको फुकुओकास्थित युएन हृयाबिट्याटको क्षेत्रीय कार्यालयले ‘समुन्नत सहर, समुन्नत जीवन’ शीर्षकमा आयोजना गरेको १० औं अन्तर्राष्ट्रिय विश्व बसोबास दिवस बाल चित्रकला प्रतियोगितामा सहभागी भइ छेतेन उक्त पुरस्कार प्राप्त गर्न सफल भएका हुन। Continue . . . .
शेर्पा संगठहरुद्वारा ओमको बहिरंग सेवा बन्द
ओम अस्पतालका चिकित्सक डा. भोला रिजालले बिरामी पक्षको चरित्र हत्या गर्ने गरी अभिब्यक्ति दिएको भन्दै शेर्पा समुहहरुले सोमवार बहिरंग सेवा बन्द गराए। बिभिन्न शेर्पा संगठनहरुको आहवानमा आएका प्रदर्शनकारीले दवाव दिएर सेवा बन्द गराएका थिए। Continue . . . .

